आजको माैसम: तराईमा हुस्सु, पहाडमा आंशिक बदली

Thankot Times

थानकोट ।

तराईका केही भू–भागमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन् । जसका कारण वर्षा र हिमपातको सम्भावना छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *