आज शनिबार कतै यात्रा गर्ने साेंचमा हुनुहुन्छ ? जान्नुहाेस आजकाे माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्स र कुहिरो लागेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक बदली रहनेछ। यस्तै कोशी र बागमतीका पहाडी भेगमा आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *