प्रधानमन्त्री सल्लाहकारबाट हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
मंसिर २० गतेबाट लागु हुने गरी राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गजुरेलले मंसिर २० गते राजीनामा दिए पनि राजीनामा होल्डमा राखिएको थियो ।














