तास खेलिरहेको अवस्थामा थानकोटबाट समातिए ७ जना, प्रहरीले फेला पार्यो ९ हजार ९७० रूपैयाँ

Thankot Times
थानकोट ।

चन्द्रागिरि नगरपालिका-३ थानकोटस्थित महाशक्ति पेट्रोल पम्प नजिकैबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

 प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार नगद ९ हजार ९ सय ७० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

स्थानीय एक खाजा घरमा तास खेलिरहेको अवस्थामा उनीहरू समातिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *