चन्द्रागिरि क्षेत्रमा बाक्लो तुसाराे, पानी जम्न थाल्याे, हिउँ पर्ने सम्भावना भने कम

Thankot Times

थानकोट ।

शी र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहान आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही  भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

पहाडी  भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *