मातातीर्थका भीमराज र देवीलाई ५० वर्षअघिको फोटो उपहार !
थानकोट ।
गत चैत्र ३ गते शुक्रबार काठमाडाैंको चन्द्रागिरि नगरपालिका-०८ मातातीर्थस्थित वडा कार्यालय हातामा सो क्षेत्रका ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी कार्यक्रम आयोजना भयो ।
क्यानेडियन नागरिक लियो गाैलेट पहिलोपटक मातातीर्थ क्षेत्रमा आइपुग्नु भएको ५० वर्ष पुगेको अवसर पारेर उहाँसँगको अन्तर्क्रियात्मक कार्यक्रमसहितको एक दिने फोटो प्रदर्शनी कार्यक्रममा केही तस्बिर मातातीर्थ क्षेत्रका समेत समेटिएका थिए । जसमा एक बालक बहिनीलाई काखमा बोकेर पार तापिरहेका थिए ।

सो तस्बिरमा भएका बालक मातातीर्थकै हुनुपर्छ भनि फोटो प्रदर्शनी अवलोकन गर्न पुगेकाहरूले विमर्श गरेपछि सोध खोज भयो, अन्त्यमा पत्ता लाग्यो सो फोटो स्थानीय भीमराज आचार्यको रहेछ जो बहिनी देवीलाई काखमा लिएर घर अघिल्तिरको चाैरमा घाम तापिरहेका थिए ।
फोटो प्रदर्शनी भएका दिन भीमराज कतै गएका थिए, कसैले उनलाई पुरानो फोटो हेर्न बोलाए । भीमराज कार्यक्रमस्थलमा पुगे तर फोटो खिच्ने क्यानेडियन नागरिक लियो गाैलेट फर्किसकेका थिए । भीमराजले ५० वर्षअघि फोटो खिच्ने विदेशीलाई भेट्न पाएनन् तर उनले आफु र बहिनी देवीलाई पहिचान गरिहाले ।
नेपालका पुराना तस्बिरहरूको संकलन तथा खुला प्रदर्शनी कार्यक्रम गर्दै आएको संस्था नेपाल फोटो फाउन्डेशन तथा फोटो म्युजियम नेपालका सदस्यहरूले शुक्रबार चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थमा पुगेर भीमराज तथा उनकी बहिनी देवीलाई ५० वर्षअघि खिचिएको तस्बिर उपहार दिए ।
कोही विदेशीले ५ दशक अघि खिचेको तस्बिर उपहार पाउँदा भीमराज तथा उनकी बहिनी देवी भण्डारी भावुक देखिन्थे ।
मातातीर्थ क्षेत्रका पुराना तस्बिरहरू हेर्न स्थानीयहरूको उल्लेख्य उपस्थिति










