बाजुराको थानकोट भीरबाट लडेर ६८ वर्षीय महिलाको मृत्यु

थानकोट ।

बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–५, बस्ने ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको हो । 

गत शुक्रबार घर नजिकै रहेको थानकोट भन्ने जंगलबाट स्याउला ल्याउने क्रममा भीरबाट लडेकी थिइन् । 

गम्भीर घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *