काठमाडौं-तराई द्रूत मार्ग सडक आयोजनामा ८ जना वृक्षारोपण हेरालु माग, तलब १९ हजार ८ सय
थानकोट ।
काठमाडौं-तराई द्रूतमार्ग सडक आयोजनाले वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी मागेको छ।
गोरखापत्र दैनिकमा सोमबार सूचना जारी गर्दै द्रूत मार्ग सडक निर्माणको ठेक्का पाएको नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि करारमा ८ जना कर्मचारी मागेको हो।
साधारण लेखपढ गर्न सक्ने तथा बोटबिरूवा रोपई तथा हेरबिचार सम्बन्धि ज्ञान भएका ५० वर्ष ननाघेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।
आवेदन दिनका लागि जंगी अड्डा वा सडक निर्माण कार्यालय बेसक्याम्प निजगढमा दरखास्त पेस गर्नुपर्नेछ।
छनौट भएका ८ जनाले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १४ र १७ तथा कोहल्वि नगरपालिका ५ र निजगढ नगरपालिका-५ क्षेत्रमा वृक्षारोपण हेरालुको काम गर्नुपर्ने छ।
आयोजनाले उक्त कामका लागि १९ हजार ८ सय मासिक पारिश्रमिक तोकेको छ।











