धनबहादुर खेलकुद प्रतिष्ठानकी सानुमायालाई राष्ट्रिय कराते प्रतियोगितामा एक रजतसहित २ पदक
थानकोट ।
काठमाठाैंमा जारी तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा चन्द्रागिरि नगरपालिका १० सतुगंलस्थित धनबहादुर खेलकुद प्रतिष्ठानकी प्रशिक्षार्थी सानुमाया थिङले एक रजतसहित २ पदक प्राप्त गरेकी छिन् ।
प्रतियोगिताको पहिलो दिन बिहीबार थिङले महिला एकल कातामा कास्य पदक जितेकी हुन भने टिम काता महिलामा रजत पदक जितिन् ।
प्रतियोगितामा थिङले नेपाली सेनाको क्लबबाट प्रतिस्पर्धा गरेकी हुन् ।
प्रतियोगितमा नेपाल पुलिस क्लबबाट सहभागीता जनाएका मच्छेगाउँका स्वर्णिम मानन्धरले प्रतियोगिताको पहिलो दिन २ स्वर्ण जितेका छन् ।
राष्ट्रिय कराँते प्रतियोगितामा मच्छेगाउँका स्वर्णिमले जिते एकैदिन २ स्वर्णपदक













