हिसान हाजिरीजवाफ प्रतियोगिताः जेसिस स्कुल पहिलो, काठमाडाैं कलेज अफ सेन्ट्रल स्टेट दोश्रो

Thankot Times

थानकोट ।

उच्च माध्यमिक विद्यालय संघ नेपाल, हिसानको आयोजनामा सम्पन्न काठमाडाैं पश्चिम क्षेत्रिय हाजिरीजवाफ प्रतियोगितामा चन्द्रागिरि नगरपालिका सतुगंलस्थित जेसिस इन्टरनेशनल स्कुल प्रथम भएको छ।

कलंकीस्थित काष्ठमण्डप कलेजमा बिहीबार सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा जेसिस इन्टरनेसनल सेकेण्डरी स्कुलले प्रथम स्थान हासिल गरेको हो ।

जेसिस स्कुलको कक्षा १२ का छात्र सुजन श्रेष्ठ छात्राहरू मेनका पुन र सौजन्य पोखरेलको समुहले काठमाडौंका विभिन्न १४ वटा कलेजहरूको चुनाैति पन्छाउँदै उपाधि उचालेको हो । सो क्रममा जेसिसले कूल ८५ अंक प्राप्त गरेको  थियो ।

प्रतियोगितामा ७५ अंकसहित सोल्टिमोडस्थित काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट दोश्रो तथा ६५ अंक सहित एड-मार्क कलेज, कलंकीले तेश्रो स्थान हासिल गरेको थियो ।

प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई आइतबार काठमाडौं भ्याली कलेजमा आयोजित एक समारोहकाबीच हिसान काठमाडौंका अध्यक्ष जेसिका चेम्जोङ्गले पुरस्कार वितरण गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *