‘प्रेम’को एनिभर्सरीमा प्रेमीलाई भेटेर त्रिभुवन पार्कमा युवतीले गरिन् आत्महत्या
थानकोट ।
गत माघ १८ गते चन्द्रागिरि नगरपालिका थानकोटस्थित त्रिभुवन पार्कको एक रुखमा झुण्डिएको अवस्थामा १९ वर्षीया युवतीको शव फेला पर्यो । स्थानीयले रुखमा महिला झुण्डिएको देखेपछि प्रहरी वृत्त थानकोटमा खबर गरे ।
त्रिभुवन पार्कमा १९ वर्षीया किशोरीको शव भेटियो, अनुसन्धान जारी रहेको प्रहरीको भनाइ
प्रहरीले घटनास्थलमा प्रकृया पुर्याएर शव पोष्टमर्टनका लागि अस्पताल पुर्यायो ।
लगत्तै प्रहरीले एक युवालाई पक्राउ गर्यो ।
प्रहरीले युवतीले बोक्ने मोबाइल उनका प्रेमीको साथबाट बरामद गर्यो ।
प्रेमीले माघ १७ गते बिहान मृतक युवतीकी आमालाई फोन गरेका थिए। उनी कहाँ छिन् भन्दै पटक पटक फोन गरेर उनले सोधेका थिए। मृतक युवतीका परिवारको जाहेरीपछि प्रहरीले २२ वर्षीयलाई पक्राउ गरेको थियो। उनीविरुद्ध हाल आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको नेपाल प्रेसमा खबर छ।
ती युवाका अनुसार अनुसार ती युवतीसँग उनको औपचारिक प्रेम सम्बन्ध २०७९ माघ १६ गतेबाट सुरु भएको थियो। त्यस दिन दुवै जनाले एक अर्कालाई प्रेम प्रस्ताव राखेका थिए।
प्रहरीले दुई जनाबीच पछिल्लो समय सम्बन्ध राम्रो नरहेको र मृतक युवतीले माघ १६ गते मर्छु भनेर पठाएका म्यासेजहरू फेला पारेको छ। ‘फस्ट लभ एनिभर्सरी एकदम राम्रोसँग मनाउँछु सोचेको थिएँ तर पुरा हुन दिएनौँ’, युवतीले प्रेमीलाई म्यासेज गरेको पाइएको छ।










