ट्रकको ठक्करबाट काठमाडौंमा पैदलयात्रीको मृत्यु
थानकोट ।
ट्रकको ठक्करबाट काठमाडौंमा पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठमेल डेरा गरी बस्ने बाराको निजगढ नगरपालिका–१३ घर भएका ४० वर्षीय किरण घलान छन् ।
काठमाडौं महानगरपालिका–२६, ठमेल पक्नाजोलमा बा. ३ क २३३९ नम्बरको ट्रकको ठक्करबाट घलानको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










