तेस्रो एसजी अन्तर विद्यालय ब्वाइज फुटसल: यू-१४ को उपाधिका लागि रिब्स र स्वस्तिश्री भिड्ने

Thankot Times

थानकोट ।

काठमाडाैं सानो भर्याङस्थित जारी तेश्रो एसजी अन्तर विद्यालय ब्वाइज फुटसल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । 

आयोजक स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलका दुवै टोली  बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

स्वस्तिश्री यु-१६ र यु-१४ उमेर समूहमा फाइनलमा पुगेको हो।

यु-१६ मा स्वस्तिश्रीले निसर्ग वाटिकालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो ।

फाइनलमा स्वस्तिश्रीले पाठशालाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा पाठशालाले पारामाउन्टलाई १-० ले स्तब्ध बनायो

यु-१४ मा स्वस्तिश्री ‘ए’ ले एक्सेल्सियरलाई १-० ले हराउँदै रिब्ससँगको उपाधि भिडन्त पक्का गर्यो । रिब्सले ग्यालेक्सीमाथि ३-१ को जित निकाल्यो ।

यु-१२ मा ब्रम्हकुञ्ज र नाम्स उपाधिका लागि भिड्ने भएका छन् ।

ब्रम्कुञ्जले ब्राइट फ्युचरलाई ४-१ तथा नाम्सले रिब्सलाई २-१ ले हराए ।

दुवै विधाका फाइनल खेल शुक्रबार हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *