त्रिदेशीय टी-२० सिरिजः आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै
थानकोट ।
काठमाडाैंमा जारी त्रिदेशीष टी-२० क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदैँछ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कस्र्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने तालिका रहेको छ ।
जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्ड्सले २ खेलमा एक जित हासिल गरेको छ ।
नेपालका लागि फाइनलमा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
शनिबारको खेल हारेमा नेपाल सिरिजबाट बाहिरिनेछ ।
आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।
खेल तालिका
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
– नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन २० गते आइतबार ।













