साफ यू-१६ महिला फुटबलः दोश्रो खेलमा आज नेपालले भुटानको सामना गर्दै
थानकोट ।
नेपालमा जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार नेपालले भुटानको सामना गर्ने तालिका रहेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा नेपाल र भुटानबीचको खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ । यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हार बेहोरेका छन् ।
भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो ।
यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन् ।
प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दैछन भने बिहीबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ ।
त्यसपछि अंकतालिकाको शीर्ष २ मा अट्ने टोलीले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।













