कीर्तिपुरमा घरेलु टोलीलाई ४ विकेटले स्तब्ध बनाउँदै नेदरल्याण्ड्सले जित्यो टी-२० सिरिजको उपाधि
थानकोट ।
काठमाडाैंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो ।
नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।
नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।
नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।
स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए ।
कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।













