सुनसरीमा सशस्त्र प्रहरी बलको आन्तरिक स्वास्थ्य शिविर सुरु

Thankot Times

थानकोट ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वाटर सुनसरीले गण मातहत युनिटमा (प्रस्तावित सिमा गुल्म, बि ओ पि, र सुरक्षा वेस) मा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको विस्तृत स्वास्थ्य परिक्षण सुरु गरेको छ ।

कर्मचारीहरूको स्वास्थ्य अवस्थाको बारेमा विवरण अध्यावधिक गर्ने, कर्मचारीहरुको हालको स्वास्थ्य अवस्थाको बारेमा परामर्श गरि जानकारी गराउने तथा स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी गराउने उद्धेश्यले सो कार्यक्रम सुरु भएको बताइएको छ ।

पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकली, सुनसरीको समन्वयमा जिल्ला अस्पताल ईनरुवा र जिल्ला जन स्वास्थ्य कार्यालय सुनसरीको प्राविधिक सहयोग आइतबारदेखि सुरु भएको स्वास्थ्य परिक्षण शिविर चैत्र ९ गतेसम्म जारी रहने सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

६ दिने आन्तरिक स्वास्थ्य शिविरमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल पकलीका अस्पताल प्रमुख सशस्त्र प्रहरी निरिक्षक डा. महिमा सिटौलासहितको ५ जनाको चिकित्सकीय टोली खटिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *