सुन चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोल एक हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *