सुनको मूल्य तोलाको २ हजार ६ सय रुपैयाँले वृद्धि

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाैं दिन बिहीबार नेपाली स्थानीय बजारमा बिहीबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलामा दुई हजार ६ सय रुपैयाँले बढेर एक लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

सुनको मूल्य नेपालमा यो हालसम्मकै उच्च हो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *