सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन नेपाली बजारमा सोमबार सुन चाँदीको मूल्य बढेर कारोबार भएको छ ।

सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *