सुन चाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सोमबारको तुलनामा सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

हिजो तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ लाख २६ हजार ४ सयमा झरेको हो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ ।

हिजो सोमबार तोलाको १ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *