चैत्र २४ गते चन्द्रागिरि वडा नं. ५ स्थित शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०५ किसिपिडी महादेवस्थानमा यहि शनिबार (चैत्र २४ गते) निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ ।

दृष्टी आँखा अस्पताल कलंकीको प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा सो शिविर सञ्चालन हुन लागेको वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

शिविरमा आँखा जाँच, मोतिया बिन्दु एवं जलविन्दुको पहिचान समेत गरिने बताइएको छ ।

गफखेलस्थित शहरी स्वास्थ्य केन्द्रमा सञ्चालन हुने सो शिविर बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म जारी रहने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *