नेपाल उद्योग वाणिज्य दिवसका अवसरमा मनकामना दर्शन प्रालि सम्मानित

Thankot Times

थानकोट।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा बुधबारबाट सुरु भएको छ।

काठमाडाैंको ताहचालस्थित सोल्टी होटलमा सुरु भएको साधारण सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थ मन्त्री वर्षमान पुन, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले सम्बोधन गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८० समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकाे बताए ।

५८औं वार्षिक साधारणसभाका अवसरमा महासंघले विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ ।

जस अनुसार आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय अन्तर्गत सबैभन्दा धेरै कर दाखिला गर्ने संस्था मनकामना दर्शन प्रालि सम्मानित भएको छ ।

प्रधानमन्त्री दाहालले मनकामना दर्शन प्रालि, सेल्स तथा मार्केटिङ निर्देशक यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन्।

मनकामना दर्शन प्रालिले गत वर्षपनि सोही विधामा सबैभन्दा बढी कर तिरेर सम्मानित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *