सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन चाँदीको भाउ बढेको छ ।

बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेमहासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *