नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बिहान ७:३० बजे र संसदीय दलको बैठक सोही दिन बिहान ८:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

उता नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । 

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *