प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने
थानकोट ।
प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
गृहमन्त्री सुनसरी पुगेपछि त्यहाँको रिपोर्टिङ लिएपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी छ ।
सुनसरीको कप्तानगञ्ज घटनापछि कोशी र मधेशका केही जिल्लामा तनाव बढ्दै गएको छ । कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । उक्त घटनाले उग्र रूप लिँदै त्यसको असर अहिले सिरहा, धनुषासम्म आइपुगेको छ ।











