सुरक्षा परिषद्को बैठक आज बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहीबार बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरक्षा परिषद्को बैठक बस्नेछ ।

पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा बैठकमा छलफल गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री, रक्षा मन्त्री, गृह मन्त्री, परराष्ट्र मन्त्री, अर्थ मन्त्री, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिव रहने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ