प्रतिनिधि सभाको बैठक बस्दै

Thankot Times

थानकोट ।

संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्ध: नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ