भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

Thankot Times

थानकोट ।

भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान गरेको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस सहयोगस्वरुप प्रदान गरेको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन् ।

सो समारोहमा विभिन्न स्थानीय तहका मेयर तथा गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

आइतबार हस्तान्तरण गरिएका १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *