सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७ सय रूपैयाँले बढेर १ लाख ३७ हजार ५ सय कायम भएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो भने तेजाबी सुन तोलाको १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर  प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *