सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ३९ हजार २ सय कायम भएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *