कति छ आज सुन चाँदीको मूल्य ?

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहँदै मंगलबारकै १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने घटेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर  प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *