थानकोटमा एकै दिन दुई कोठामा चोरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा एकै दिन दुई कोठा फुटाई चोरी भएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-३ आनन्द टोल डेरा गरी बस्ने दोलखा बिगु गाउँपालिका-४ घर भएकी कृपा अधिकारी र मकवानपुर थाहा नगरपालिका-५ घर भएका २७ वर्षीय आकाश तामाङको कोठामा चोरी भएको हो ।

कोठाको ताल्चा फुटाई सुनको विभिन्न गरगहना, नगद तथा ल्यापटप गरी करिब ९ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *