चन्द्रागिरि साकोसले सञ्चालन गरेको रक्तदान शिविरमा १३० जनाको सहभागिता

Thankot Times

थानकोट ।
चन्द्रागिरि साकोसको २३औं स्थापना दिवसका अवसरमा बुधबार रक्तदान शिविर सञ्चालन गरिएको छ ।

चन्द्रागिरि नगरपालिका-७ थानकोट मुख्यालय रहेको संस्थाको प्राङ्गणमा आयोजित सो शिविरमा १ सय ३० जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।

लायन्स क्लब अफ चन्द्रागिरिसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रमलाई मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूले प्राविधिक सहयोग  उपलब्ध गराएको थियो ।

चन्द्रागिरि साकोसले विगत २० वर्षदेखी स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ भने विभिन्न परोपकारी कार्यमा समेत सहभागिता जनाउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *