आज मनकामना केबलकार बन्द रहने

Thankot Times

थानकोट ।

चितवनस्थित मनकामना केबलकार सेवा आज बन्द रहने भएको छ ।

नियमित मर्मत कार्यका लागि आज एक दिन केबलकार सेवा बन्द हुन लागेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा बन्द हुने कम्पनीले यसअघि नै विज्ञप्तिमार्फत जानकारी दिएको थियो । 

भोलि शनिबारबाट भने केबलकार साबिक बमोजीम नै सञ्चालनमा आउनेछ । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेस्टुरेन्ट भने नियमित सञ्चालनमा रहने जनाइएको छ  । 

हरेक शनिबार बिहान साढे ६ बजेदेखि र अन्य दिनबिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको छ । 

मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *