सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुनको यसअघिको उच्च मूल्य प्रतितोला एक लाख ३९ हजार २ सय रुपैयाँ थियो ।

शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा करोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *