गुर्जुधारामा रहेका ३३ वटा सटर भाडामा लगाउन जिसस काठमाडाैंले निकाल्यो सार्वजनिक सूचना

Thankot Times

थानकोट । 

जिल्ला समन्वय समिति काठमाडाैंले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारास्थित बलम्बु विकास केन्द्रमा रहेका आफ्नो स्वामित्वका सटरहरू भाडामा लगाउन सार्वजनिक सूचना जारी गरेको छ ।

कार्यालयले १६ वटा सटर र कोठा सहितको सम्पूर्ण भवन तथा १७ वटा सटर रहेका टहरा भाडामा लगाउन शनिबार सूचना जारी गरेको हो ।

वार्षिक १९ लाख ८१ हजार ५ सय रूपैयाँ न्यूनतम ठेक्का अंक रहने गरी कार्यालयले भाडाका लागि ठेक्का आह्वान गरेको हो ।

सूचनामा जनाइए अनुसार भाडा सम्झाैता अवधि बढीमा ३ वर्षको हुनेछ ।

इच्छुकहरूले यही बैशाख २८ गतेभित्र गोप्य सिलबन्दी दरभाउ पत्र पेश गर्न सक्ने बताइएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *