सुनको मूल्य स्थिर

Thankot Times

थानकोट ।

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसै गरी आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार चाँदीको प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *