चन्द्रपुरमा ३० रुपैयाँ तिर्न ३ सय खर्च गर्नुपर्ने बाध्यता

Thankot Times

थानकोट ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ का स्थानीय बासिन्दा यतिबेला ३० रुपैयाँको बिजुलीको बिल तिर्न २ सय रुपैयाँ खर्च गर्न बाध्य भएका छन् । 

वडा कार्यालयमा रहेको खानेपानी तथा बिजुलीको बिल तिर्ने यी सेवाको काउन्टर वडा कार्यालयले बन्द गरेपछि सर्वसाधारणहरु यतिबेला मारमा परेका छन् । इ सेवा काउन्टरमा कार्यरत रहेकी कि एक कर्मचारीलाई वडा कार्यालयले हटाएपछि सो काउन्टर बन्द भएको हो । 

गत वैशाख ३ गते खानेपानी तथा बिजुलीको महसुल तिर्ने काउन्टरमा कार्यरत सजना राईको काम सन्तोषजनक नभएको भन्दै वडा अध्यक्षले उनलाई काममा नआउने गरी हटाएपछि काउन्टर बन्द भएको हो ।

वडा कार्यालयले काउन्टरबाट राईलाई हटाएर अर्को मान्छे नियुक्त नगरेका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाले बिजुलीको बिल तिर्नका लागि चन्द्रनिगापुर आउनुपर्ने बाध्यता आइपरेको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ ।

३० रुपैयाँको बिजुलीको बिल तिर्नका लागि अहिले पौराई बासीले २०० रुपैयाँ अटोमा खर्च गरेर चन्द्रनिगापुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा पुग्नुपर्ने बाध्यता आइपरेको न्यौपानेको भनाइ रहेको छ । 

वडाको इ सेवा काउन्टरमा कार्यरत रहेकी सजना राईलाई ४ गते वडा कार्यालयले काम सन्तोषजनक नरहेको भन्दै हटाएपछि अहिले इ सेवा काउन्टर बन्द भएको छ । सो काउन्टरबाट स्थानीय बासिन्दाले खानेपानीको महसुल र बिजुलीको महसुल तिर्दै आएका थिए । सो विषयमा चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतसँग कुरा गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन । चन्द्रपुर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयका विभिन्न कामको पछिल्लो समय तीव्र रुपमा आलोचना हुँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *