बिहेको लगन सकियो, सुनको भाउ सस्तियो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुन चाँदीको मुल्य घटेको छ ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १ हजार १ सय रूपैयाँले घटेर १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि आइतबार चाँदी तोलाको १ हजार ७ सय ४० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *