काभ्रेमा आगोले पोल्दा गम्भीर घाइते मजदुरको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु

Thankot Times

थानकोट ।

काभ्रेमा आगोमा जलेर गम्भीर घाइते एक युवकको मृत्यु भएको छ।

तेमाल गाउँपालिका-९ सिन्धुटारमा रहेको मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वल्डिङ गर्ने क्रममा आगलागी हुँदा मकवानपुरको छतिवन गाउँपालिका- ७ माईमाछा घर भएका ३२ वर्षीय रामकाजी क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो।

आइतबार वेल्डिङ गर्ने क्रमममा एक्कासी मेसिनमा आगलागी हुँदा उनी गम्भीर घाइते भएका थिए।

उनलालई उपचारको लागि तत्कालै मेथिनकोट अस्पताल भकुण्डे लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर बर्न अस्पताल ल्याइपुर्याइएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *