नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार

Thankot Times

थानकोट ।

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका नवनियुक्त शिक्षाध्यक्ष (रेक्टर) तथा रजिस्ट्रारसँग सामुहिक भेट गरेको छ ।

सोमबार संघका केन्द्रीय अध्यक्ष एवं चन्द्रागिरि नगरपालिका सतुगंलस्थित काठमााडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्न प्रसाद गुप्ता नेतृत्वको टोलीले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्क केसी तथा रजिस्ट्रार प्रा.डा. केदार रिजालसँग भेट गरेको हो ।

भेटका क्रममा संघका तर्फबाट मुलुकभरका सामुदायिक क्याम्पसका साझा समस्याहरूका बारेमा त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्टारसमक्ष जानकारी गराइएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

सो क्रममा संघका प्रतिनिधिहरूले त्रिविबाट सञ्चालन हुने परीक्षाहरूलाई मर्यादित,व्यवस्थित एंवम पारदर्शी बनाउनुपर्नेमा विषयमा समेत छलफल भएको बताइएको छ।

गत चैत्र ३० गते त्रिवि पदाधिकारी नियुक्त भएका केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक तथा रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *