प्रति तोला २ हजार ७ सय रूपैयाँले सस्तियो सुनको मोल

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । आघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तालामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *