लगातार दुई दिन घटेको सुनको भाउ आज तोलामा ५ सय रूपैयाँले वृद्धि

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रति तोला ५ सय रुपैयाँले सुनकाे मूल्य बढेको हो ।

बुधबार छापावाल सुन तोलामा एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ३५० रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ६७० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार तेजाबी सुन तोलामा एक लाख ३५ हजार ३५० रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यस दिन चाँदी तोलामा एक हजार ६ सय ७० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *