चन्द्रागिरि नगरमा कक्षा १२ को परीक्षाका लागि एकमात्रै परीक्षा केन्द्र

Thankot Times

थानकोट । 

भोलि बैशाख १४ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । परीक्षाको सबै तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । 

कक्षा १२ का लागि चन्द्रागिरि नगरपालिका क्षेत्रमा एक मात्र परीक्षा केन्द्र तोकिएको छ । जसअनुसार चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित प्रभात मावि परीक्षा केन्द्रमा चन्द्रागिरि नगरका ७ सहित ८ वडा विद्यालयका परीक्षार्थी सहभागी हुनेछन् । 

जहाँ मंगलोदय बहुमुखी क्याम्पस थानकोट, भीम मावि वाडभञ्ज्याङ, मंगलोदय मावि थानकोट, वेष्ट पोइन्ट मावि थानकोट, बलम्बु मावि बलम्बु, विष्णुदेवी शिक्षा सदन मावि सतुगंल र ङग्युर मेमोरियल मावि थानकोट चेकपोष्टका परीक्षार्थीहरूले परीक्षा दिनेछन् ।

प्रभात माविका परीक्षार्थीहरूले कलंकीस्थित एडमार्क मावि परीक्षा केन्द्रमा परीक्षा दिने तालिका निर्धारण हुँदा सतुगंलको जेसिस मावि, नैकापको ब्राइट फ्युचर मावि, नैकापकै विद्या मन्दिर मावि र सतुगंलस्थित काठमाडाैं शिक्षा क्याम्पसका परीक्षार्थीहरूले कलंकीस्थित एलआरआइ मावि परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । 

कंकाली मावि पुरानो नैकापका परीक्षार्थीहरूका लागि भने ज्ञानोदय मावि बाफलमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा बैशाखको २६ गते सकिने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *