सुन चाँदीको मुल्यमा गिरावट

Thankot Times

थानकोट। 

कारोबार हुने साताको पाँचाैं दिन नेपाली बजारमा सुन चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सय रूपैयाँले घटेर १ लाख ३५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *