पछिल्लो ९ महिनामा ८ लाख यात्रुले चढे मनकामना केबलकार

Thankot Times

थानकोट । 

पछिल्लो ९ महिनाको अवधिमा करिब ८ लाख जनाले मनकामना केबलकार चढेका छन् । 

मनकामना दर्शन प्रालिका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म मनकामना केबलकार हुँदै ८ लाख २५ हजार जना मनकामना मन्दिर क्षेत्र पुगेका हुन् । 

केबलकारबाट मन्दिर पुग्ने भारतीय तिर्थयात्रीहरुको संख्या २ लाख २० हजार भन्दा बढी रहेको छन् ।

त्यसबाहेक ४ हजार अन्य विदेशी नागरिकहरू पनि केबलकार हुँदै मनकामना मन्दिरमा पुगेको कम्पनीले जनाएको छ । 

मन्दिरमा पुगेका मध्ये ६ लाख १ हजार नेपाली यात्रु रहेका छन् । 

चालु आर्थिक वर्षको अन्त्यसम्ममा मनकामना केबलकार हुँदै १२ लाख भन्दा बढी तिर्थयात्रु मनकामना मन्दिर पुग्ने कम्पनीको अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा मनकामना केवलकार हुँदै ११ लाख १२ हजार दर्शनार्थी मनकामना मन्दिरमा पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *