प्राथमिक तह तृतीय श्रेणीका ४ हजार ४ सय ६२ जना शिक्षकका लागि विज्ञापन खुला

Thankot Times

थानकोट ।

प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ ।

शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार १ सय ३ जना, कोशीमा १ हजार ७७ जना, गण्डकीमा ८ सय जना, मधेशमा ५ सय ८ जना, लुम्बिनीमा ४ सय ९५ जना,  सुदूरपश्चिममा ३ सय २ जना र कर्णालीमा १ सय ७७ जनाका लागि आवेदन खुलेको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *