काठमाडाैं शिक्षा क्याम्पसले मनायो ३३औं स्थापना दिवस

Thankot Times

थानकोट ।

काठमाडाैं शिक्षा क्याम्पस स्थापना भएको ३३ वर्ष पूरा भएको अवसरमा शनिबार विशेष समारोह आयोजना गरिएको छ ।

चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस सभा सदस्य एवं बागमती प्रदेश मन्त्री रमा आलेमगर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई, चन्द्रागिरि नगरपालिका वडा नंं १० र १५ का वडाध्यक्षहरू क्रमश शिवकुमार महर्जन तथा घनश्याम लुँइटेल, क्याम्पस सभा सदस्य मोहनकुमार कार्की लगायत क्याम्पससँग सम्बन्धित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै क्याम्पस सभा सदस्य एवं बागमती प्रदेश मन्त्री रमा आलेमगरले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि एवं भाैतिक पूर्वाधारको विकासमा प्रदेश सरकारले सदैव सहयोग पुर्याउँदै आएको धारणा राख्नुहुँदै क्याम्पसले हालसालै प्राप्त गरेको गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्यूएए) को गरिमा कायम राख्न विद्यार्थीहरूको भूमिका अहम रहने बताउनुभयो ।

प्रदेश सरकारले छोरी बुहारी शिक्षा छात्रवृत्ति कार्यक्रम लागु गरिरहेको बताउनुहुँदै मन्त्री आले मगरले सो बाट लाभान्वित हुन सम्बन्धित सबैमा अनुरोध समेत गर्नुभयो । अर्को प्रसगंमा मन्त्री आले मगरले बागमती प्रदेश शिक्षा ऐन पास भइसकेको वर्षाै भएतापनि सो ऐनका केही दफाहरू संघीयसँग बाँझिएका कारण लागु गर्न कठिनाइ रहेको बताउनुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलका वडाध्यक्ष शीवकुमार महर्जनले नगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुहुँदै चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष काठमाडाैं शिक्षा क्याम्पस लगायत अन्य शैक्षिक संस्थाहरूको आवश्यकता अनुसार बजेट विनियोजन गर्न प्रयास गर्ने बताउनुभयो । काठमाडाैं शिक्षा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधाका सन्दर्भमा समेत वडाले क्याम्पस प्रशासनसँग नियमित साक्षात्कार गरिरहेको बताउनुहुँदै वडाध्यक्ष महर्जनले काठमाडाैं शिक्षा क्याम्पस देशकै नमुना क्याम्पस बनाउन नगर तथा स्थानीयहरूको सदैव सकरात्मक भूमिका रहने धारणा राख्नुभयो । 

यसैगरी चन्द्रागिरि नगरपालिक वडा नं. १५ का वडाध्यक्ष एवं नगरको सामाजिक विकास समिति संयोजक घनश्याम लुँइटेलले क्याम्पसले हालसालै प्राप्त गरेको गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्यूएए) कायम राख्न विद्यार्थीको ९५ प्रतिशत र क्याम्पसको ५ प्रतिशत भूमिका रहने बताउनुहुँदै सो प्रमाणपत्रको गरिमा कायम राख्न विद्यार्थीहरूको सहयोग अपरिहार्य रहेको जनाउनुभयो । 

काठमाडाैं शिक्षा क्याम्पस सभाका सदस्य मोहनकुमार कार्कीले क्याम्पसले विद्यार्थीहरूमा पढ्दै कमाउँदै अभियान सुरु गरेकोमा धन्यवाद् दिनुभयो ।  

कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले स्थानीय निकाय तथा स्थानीय बासीहरूको साथका कारण काठमाडाैं शिक्षा क्याम्पसले देशमै उत्कृष्ठ क्याम्पसको परिचय स्थापित गराउँदै गएको धारणा राख्नुभयो । अध्यक्ष डा. शर्माले क्याम्पसले सामाजिक गतिविधिहरूमा समेत विद्यार्थीहरूको सहभागिता गराउँदै जानु सकरात्मक चिन्तनको पक्ष रहेको बताउनुभयो । 

कार्यक्रममा काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख एवं नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले क्याम्पसको पछिल्ला गतिविधिहरूका बारेमा प्रकाश पार्नुभएको थियो । 

हाल क्याम्पसमा सञ्चालित कार्यक्रमहरूमा कक्षा ११ देखि स्नानतकोत्तर तहसम्म १ हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुहुँदै क्याम्पस प्रमुख गुप्ताले त्रिवि अनुदान आयोग, विभिन्न संघसंस्था एवं क्याम्पसको अग्रसरतामा विभिन्नत चहमा अध्यनरत ७६ जना विद्यार्थीहरूका लागि नगद छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसमा शिक्षक तथा कर्मचारी गरी ५६ जना कार्यरत छन् । 

क्याम्पस स्थापना दिवसका अवसरमा काठमाडाैं शिक्षँ क्याम्पसले विभिन्न अतिरिक्त क्रियाकलाप तथा परीक्षाहरूमा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीहरूका लागि नगद पुरस्कार वितरण गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *