लगानी सम्मेलन आजदेखि: चन्द्रागिरि-पालुङ-चितवन एक्सप्रेस-वेसहित १५१ परियोजना प्रस्तुत गरिँदै

Thankot Times

थानकोट ।

ताहाचलस्थित होटल सोल्टीमा तेस्रो लगानी सम्मेलनमा आजदेखि सुरु हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति ९ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदैछन् ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् ।

दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा चन्द्रागिरि-पालुङ-चितवन एक्सप्रेस वे, थानकोट-चित्लाङ सुरुङका लागि समेत लगानी खोज्ने तयारी छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *